वर्षाले प्रभावित एसीसी मेन्स प्रिमियर कप नेपाल र यूएई फाइनलको बाँकी खेल सुरु
प्रकाशित मिति
२०८० बैशाख १९ गते, मंगलवार ०९:१५
वैशाख १९, २०८०, काठमाडौँ: एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत टियू मैदानमा आज (मंगलबार) नेपाल र युएईबीचक सोमबार पूरा हुन नसकेको बाँकी फाइनल खेल भइरहेकाे छ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा दोस्रो पटक वर्षाले खेल रोके पछि दिनभर खेल हुन नसक्दा आजका लागि खेल सारिएको हो।
नेपाली बलर ललित राजवंशीले २७.२ र २७.३ लगातार दुई विकेट लिँदै ह्याट्रिक विकेटको बल फाल्ने तयारीमा रहँदा वर्षा भएसँगै खेल स्थगित हुन पुगेको थियो। त्यसैले आजको पहिलो बल ललितको ह्याट्रिक बलका रुपमा रहने छ।
त्यसअघि सोमबार १६ ओभरको समाप्तीमा युएई ६० रन जोडेर ५ विकेट गुमाएको अवस्थामा पहिलो पटक वर्षाले खेल स्थगित भएको थियो तर वर्षा रोकिएसँगै पुन:खेल सुरु भएर दोस्रो अवस्थामा पुग्दा खेल स्थगित हुन पुग्यो। युएई विरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डीङ रोज्दै युएईलाई ब्याटिङको निम्ता दिएको थियो।
युएईका लागि आसिफ खानबाहेक कुनैपनि ब्याटर क्रिजमा जम्न नसक्दा कमजोर अवस्थामा पुगिसकेको छ। अब नेपाल युएईलाई अलआउट गर्न नेपाल केवल १ विकेटमात्र टाढा छ। उसका लागि आसिफ खानले ४६ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, कप्तान मुहम्मद वासिमले ११ रन बनाउँदा आर्यान लाक्राले १३ रन बनाए। नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे। त्यस्तै, सोमपाल कामी र गुल्सन झाले समान १-१ विकेट लिएका थिए।
यदि आजपनि वर्षाका कारण थप खेल हुन नसके सुपर ओभरको प्रयास गरिने छ। यदि सुपर ओभरपनि हुन नसके वरियताका आधारमा नेपाल एसियाकपमा छनोट हुने छ। वरियतामा नेपाल युएईभन्दा अघि रहेका कारण एसियाकपमा स्थान बनाउने पक्का छ।







प्रतिकृया