• ९ असोज २०८३, शुक्रबार
  • ४ः५८ बेलुका

सोमबारदेखि नौबिसे-मुग्लिन सडक पहिरोले अवरुद्ध

प्रकाशित मिति

२०८० बैशाख १९ गते, मंगलवार ०९:३७

वैशाख १९, २०८०, धादिङ : हिजाे सोमबार दिउँसोदेखि गणेश खोलामा आएको पहिरोका कारण अवरुद्ध नौबिसे-मुग्लिन सडक अवरुद्ध भएको छ। धादिङ धुनीबेसी- ६ स्थित गणेश खोलामा आएको पहिरोको कारण पृथ्वी राजमार्गअन्तर्रगत नौबिसे-मुग्लिन सडकखण्ड सोमबार दिउँसो करिब ४:३० बजेदेखि अवरुद्ध भएको हो।

National Life

लगातारको वर्षासँगै खोलाको वहाव बढी सडक अवरुद्ध हुँदा त्यहाँ हुँदै आवत-जावत गर्ने सवारी एवम् सर्वसाधारणको दैनिकी प्रभावित भएको छ।


सडक खुलाउनका लागि नेपाली सेनाले सैनिक इन्जिनियर टोली खटाएको छ। उक्त टोलीले सोमबारदेखि नै निरन्तर मर्मत कार्य गरिरहेको र रातभर करिब १० फिट तलबाट ग्याविन वायर लगाइ माटो तथा ढुंगा भर्ने कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया