• २ असोज २०८३, शुक्रबार
  • ५ः०४ बेलुका

राजसंस्था पक्षधरबारे ओलीको टिप्पणी आपत्तिजनकः राप्रपा

प्रकाशित मिति

२०८० बैशाख १७ गते, आईतवार ०५:४४

१७ वैशाख २०८०, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजसंस्था पक्षधरबारे गरेको टिप्पणी फिर्ता लिन आग्रह गरेको छ । एमाले अध्यक्ष ओलीले आइतबार एक कार्यक्रममा ‘राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन्’ भनेका थिए। ओलीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको राप्रपाले बताएको छ।

National Life

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा भनेका छन्, ‘राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरी एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ । राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन् । आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ।’


उनले सोधेका छन्, ‘सँगसँगै प्रश्न पनि गर्न चाहन्छु– ०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो?’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया