नेपाल टस जितेर पहिले बलिङ गर्दै
प्रकाशित मिति
२०८० बैशाख १८ गते, सोमबार ०९:१४
वैशाख १८, २०८०, काठमाडौँ: एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङको निम्तो पाएको हो।
टसको निर्णय भएपनि खेल पूर्ण रूपमा सम्पन्नन हुने सम्भावना भने कमजोर छ। वर्षाको उच्च सम्भावना कायम छ।आज वर्षाको कारणले खेल रोकिएमा जुन अवस्थामा रोकिन्छ त्यहिँबाट मंगलबार पुन खेल खेलाउने प्रयास गरिने छ।
टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्। दीपेन्द्रले पछिल्ला पाँच खेलमा राम्रो ब्याटिङ गर्न सकेका छैनन्। तीन पटक दोहोरो अंकमा रन बनाउन चुकेका दीपेन्द्रले पछिल्ला पाँच खेलमा कुल ३४ रन मात्र बनाएका छन्।
नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी






प्रतिकृया