• ३ साउन २०८३, आइतबार
  • ३:५४ बेलुका

नेकपा एकीकृत समाजवादी तत्काल कुनै पार्टीसँग एकता गर्दैनौं: झलनाथ खनाल

प्रकाशित मिति

२०८० बैशाख ९ गते, शनिबार ०१:११

९ वैशाख २०८०, काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीले तत्काल कसैसँग एकता नगर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाम पुगेका उनले तत्काल कसैसँग पनि एकता नगर्ने स्पष्ट पारेका हुन् ।


जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भएको पनि उनले बताए। उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए।

Kamana Sewa

उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए।

Classic Tech Desktop

उनले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको समेत बताए। देशको विभिन्न क्षेत्रहरू जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरूको एकताका लागि आग्रह र आह्वान गर्ने बताए।

प्रतिकृया