• 11:53 pm

गर्मी र नेपालका विभिन्न ठाउँमा लागेको डढेलोको प्रदुषणले सहरदेखि गाउँसम्मको जनजीवन प्रभावित, तत्कालै पानी नपर्ने

प्रकाशित मिति

२०८० बैशाख ३ गते, आईतवार १०:४४

३ वैशाख २०८०, काठमाडौँ: बढ्दो गर्मी र देशका विभिन्न ठाउँमा लागेको डढेलोको कारण सिर्जित प्रदुषणले सहरदेखि गाउँसम्मकै जनजीवन प्रभावित भएको छ । देशका ४० भन्दा धेरै जिल्लामा लागेको डढेलो, अव्यवस्थित विकास र खडेरीका कारण गर्मी र प्रदुषण उच्च भएको छ ।


काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् । भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सयभन्दा माथि छ । यो स्वास्थ्यको लागि निकै अस्वस्थकर हो । यस्तै, कीर्तिपुर, रत्नपार्क, मध्यपुर थिमि, हेटौँडा र धनकुटाको हावा पनि अस्वस्थकर छ ।


एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ ।


पानी परेमा प्रदुषण केहि कम हुन्छ । तर तत्कालै पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बांकी भू–भागहरुमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको जल तथा मौसम
विज्ञान विभागले जनाएको छ ।


आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जनर चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।


तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया