• ३ साउन २०८३, आइतबार
  • ३:५४ बेलुका

बैंकको ब्याजदर कम गर्नेबारे सरकार गम्भीर रही छलफल गरिरहेको छ: प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति

२०७९ चैत्र २८ गते, मंगलवार ०१:३३

२८ चैत्र २०७९, काठमाडौँ: नेपालको अर्थतन्त्रले अप्ठ्यरो समय झेलिरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको चुनौतीको सामना गर्ने गरी सरकारले मिहीनेत गरिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त भनाइ राखेका हुन् ।


‘हामी आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाको अन्तिम अन्तिम चरणमा जाँदै छौं । मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएलगत्तै एफएनसीसीआइ, सीएनआइ, चेम्बरलगायत निजी क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गरेको छु। धेरै सुझावहरु केन्द्रित गरेको छु,’ उनले भने, ‘राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न धेरै छलफलहरु गर्दै आएका छौं ।’

Kamana Sewa

केही राजनीतिक उतारचढावले जुन गतिमा अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नुपर्थ्यो त्यो हुन नसकेको स्वीकार्दै उनले अब परिस्थिति फेरिएको भन्दै सरकारको सम्पूर्ण तागत अर्थतन्त्र लयमा ल्याउन खर्चिने आश्वासन दिएका छन् ।

Classic Tech Desktop

‘तरलताको समस्या, राजस्व संकलन, रेमिटेन्स र अन्य अर्थतन्त्रका सूचकहरुलाई कसरी सकारात्मक दिशा दिने भन्नेमा जोड दिनेछौं। विगत ३ महिनाको अवधिमा सन्तोष गर्ने विषय के छ भने विदेशी मुद्रा सञ्चिति हो। यो विस्तारै उत्साहजनक हुँदैछ,’ उनले भने, ‘यो राम्रो संकेत हो । रेमिटेन्समा पनि राम्रो सुधार भएको छ। राजस्व संकलन पनि १ अर्बभन्दा तल थियो अहिले डेढ अर्बभन्दा माथि छ ।’


बैंक ब्याजदर कम गर्न र राजस्व संकलन वृद्धि गर्ने बारे सरकारका सबै अंगहरुसँग गम्भीर छलफल भइरहेको दाबी उनकाे दावी थियाे ।

प्रतिकृया