ब्राजिललाई हराउँदै इंग्ल्यान्ड बन्यो च्याम्पियन
प्रकाशित मिति
२०७९ चैत्र २४ गते, शुक्रबार ११:०५
२४ चैत्र २०७९, काठमाडौँ: ब्राजिललाई टाइब्रेकरमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक आयोजना भएको महिला फाइनालिसिमाको च्याम्पियन बनेको छ । इंग्ल्यान्डले प्रतिष्पर्धात्मक खेलमा टाइब्रेकरमा ब्राजिललाई ४-२ ले पराजित गर्दै पहिलो उपाधि जितेको हो। दक्षिण अमेरिकी च्याम्पियन र युरो च्याम्पियनबीच फाइनालिसिमाको आयोजना गरिएको थियो। च्याम्पियन बनेको इंग्ल्यान्डले आफ्नो अपराजित यात्रा ३० खेल सम्म कायम राख्न सफल भयो ।
निर्धारित समयमा १-१ गोलको बराबरीपछि भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको थियो। जसमा इंग्ल्यान्डले बाजी मारेको हो । टाइब्रेकरमा इंग्ल्यान्डकी इंग्ल्यान्डकी जर्जिया स्टानवे, रचेल डाली, एलेक्स ग्रिनवुड र केलीले गोल गर्दा ब्राजिलकी एड्रिना र केरोलिनले मात्रै गोल गर्न सफल भए ।
त्यसअघि वेम्वली स्टेडियममा भएको खेलमा २३औं मिनेटमा इला टोनको गोलबाट घरेलु टोली इंग्ल्यान्डले सुरुवाती अग्रता लिन सफल भएको थियो । अधिकांस समय १ गोलको अग्रता बनाएको घरेलु टोली इन्जुरी समयमा गोल खान पुगेको थियो । सब्सटिच्युट खेलाडी आन्द्रेसा अल्भेसले इन्जुरी समयको तेस्रो मिनेटमा ब्राजिललाई खेलमा फर्काउँदै बराबरी गोल गरेकी थिइन् ।
गत वर्षदेखि युरो च्याम्पियनसिप र दक्षिण अमेरिकाको कोपा अमेरिका च्याम्पियनबीच फाइनालिसिमा खेलाउने निर्णय गरेको थियो । गत वर्ष नै पुरुषतर्फ अर्जेन्टिनाले इटालीलाई हराएर उपाधि जितेको थियो ।







प्रतिकृया