• ११ असोज २०८३, आइतबार
  • ८ः३५ बिहान

सेनाले खुलायो विभिन्न पदहरुमा जागिर

प्रकाशित मिति

२०७९ चैत्र २४ गते, शुक्रबार ११:०४

चैत २३, २०७९, काठमाडौँ : नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा शुक्रबार विज्ञापन खुलाएको हो। नेपाली सेनाले सार्वजनिक गरेको विज्ञापनमा डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको हो।

National Life

यसअतिरिक्त ब्यान्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ। यसका लागि आज शुक्रबारदेखि वैशाख २३ गतेसम्म म्याद तोकिएको पनि सेनाको विज्ञापनमा उल्लेख छ।

प्रतिकृया