• ९ असोज २०८३, शुक्रबार
  • ६ः०७ बेलुका

प्रधानमन्त्री थ्री नेसन्स कप: उपाधिका लागि नेपाल र लाओस भिड्दै

प्रकाशित मिति

२०७९ चैत्र १७ गते, शुक्रबार १०:४८

१७ चैत्र २०७९, काठमाडौँ: प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको प्रतियोगिताको उपाधिका लागि घरेलु टोली नेपाल र लाओस प्रतिस्पर्धा गर्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५:३० मा फाइनल प्रतिस्पर्धा हुनेछ । समूहचरणमा लाओसलाई २-० ले हराएको नेपाल थप सुधारिएर मैदान उत्रने प्रयासमा रहँदा लाओस भने आफ्नो इतिहासको पहिलो फाइनललाई उपाधिमा परिणत गर्ने प्रयासमा हुनेछ।

National Life

पछिल्लो समय राम्रो लयमा नरेको घरेलु टिमविरुद्ध आफ्ना अधिकांश युवा खेलाडीका साथमा रहेको लाओस बलियो बन्ने प्रयासमा रहँदा नेपाल भने केहि नयाँ अनुहारका साथमा आफूलाई परिष्कृत गर्दै उपाधि जित्ने प्रयासमा रहेको छ । फिफा वरियतामा नेपालभन्दा पछि रहेको लाओसविरुद्ध नेपाल जित निकाल्दै फिफा वरियता खस्किन नदिने प्रयासमा छ। नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीस टोलीले उपाधि जित्नेमा आशावादी छन् ।


उनी भन्छन्,’हामी उत्कृष्ट खेल खेल्दै नतिजा आफ्नो पक्षमा पार्ने विश्वासमा छौँ। लाओसविरुद्ध शारीरिक र मानसिक रूपमा खेल्नका लागि तयार छौँ।’ उनले फाइनल भएकाले स्वभाविक रूपमा फाइनलजस्तोनै प्रतिस्पर्धा हुने बताए। उनले फाइनल खेल्नका लागि सबैजना तयार छन् । त्यस्तै, नेपाली टिमका गोलरक्षक किरण कुमार लिम्बुले नेपाललाई मनोबल बढाउन पनि उपाधि जित्नु पर्ने चुनौती रहेको बताए। उनले भने,’टिममा समावेश नयाँ अनुहारका लागि उपाधि जित्दै अनुभव र मनोबल बढाउनका लागि पनि उपाधि जित्नु महत्वपूर्ण हुनेछ। हामी उपाधिका लागि मानसिक र शारीरिक रूपमा तयार छौँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

लाओसका मुख्य प्रशिक्षक माइकल वेइसले घरेलु टोलीसँग उपाधि भिडन्तका लागि टिम उच्च मनोबलका साथ मैदान उत्रने बताए। उनले टिममा अधिकांश युवा खेलाडीहरू रहेको बताए। ६ जना १९ वर्षमुनिका खेलाडी लिएर मैदान उत्रिन लागेको बताए ।

प्रतिकृया