• ११ असोज २०८३, आइतबार
  • ४ः२० बिहान

सरकार र मिटरब्याज पीडितबीच वार्ता

प्रकाशित मिति

२०७९ चैत्र १७ गते, शुक्रबार ११:०५

१७ चैत्र २०७९, काठमाडौँ: सरकार र मिटरब्याज पीडितबीच शुक्रबार पहिलो चरणको वार्ता भएको छ। गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याज आन्दोलनरत पक्षबीच वार्ता भएको हो। शुक्रबार बिहान पहिलो चरणको वार्ता भएको छ भने केहिबेरपछि दोस्रो चरणमा छलफल हुने तय भएको गृहमन्त्रालयले जनाएको छ।

National Life

सरकारले ४ सदस्यीय वार्ता टोली बनाएपछि आन्दोलनरत पक्षले बिहिबार ५ सदस्यीय वार्ता टोली बनाएका छन्। जसमा संयोजक मनोज पासवानसहित संघर्ष दाहाल, श्यामकुमारी चौधरी, छेदीलाल पासवान छन्। उनीहरुले आफ्ना १० बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएका छन्।


पीडितहरुले साहु, महाजनले कब्जा गरेको सम्पत्ति जसको नामबाट आएको हो, उसैलाई फिर्ता गर्ने गरी कानुन बनाउन माग गरेका छन् । उनीहरुले उच्चस्तरीय आयोग गठन गर्न, तमसुक व्यवस्था खारेज गर्न, पीडितको पक्षमा कानुन बनाउन माग गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

वार्तामा पीडितका तर्फबाट माग पेस गरिएको छ भने सरकारी वार्ता टोलीले मिटरब्याज अपराध नियन्त्रणका लागि हालसम्म गरेका कामहरुबारे जानकारी दिएको छ। आफ्ना समस्या समाधानका लागि सरकार खोज्दै महोत्तरीको बर्दिबासबाट १२ दिनको पैदल हिँडेर काठमाडौँ आएका पीडितहरु माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन् ।

प्रतिकृया