ट्राफिक प्रहरीको विशेष चेकिङमा ९ जना स्कुल बसका
प्रकाशित मिति
२०७९ चैत्र १७ गते, शुक्रबार ११:१९

१७ चैत्र २०७९, काठमाडौँ: काठमाडौं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङका क्रममा ९ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने ९ ओटा स्कुल बसका चालकहरू आज कारबाहीमा परेका हुन्।
जसमा बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने ३ जना , बसको साइड लाइट ठिक नराख्ने १ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५ जना चालक रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।
काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको छ । योसँगै आज बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ३२८ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
प्रतिकृया