• 9:28 pm

ललितपुर मेयर्स कपको उपाधिमा एपीएफको ह्याट्रिक

प्रकाशित मिति

२०७९ चैत्र १६ गते, बिहीबार ०२:०४

१६ चैत्र २०७९, काठमाडौँ: विभागिय टोली नेपाल एपीएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफ उपाधिमा ह्याट्रिक गरेको हो ।


अपराजित रहँदै एपीएफ च्याम्पियन बनेको हो । यसअघिका दुबै संस्करणको उपाधि पनि एपिएफले जितेको थियो । गत वर्षको फाइनलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । कीर्तिपुरस्थित टियु मैदानमा कीर्तिपुरले दिएको १५५ रनको कीर्तिमानी विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०० रनमै समेटिएको हो ।


कीर्तिपुरस्थित टियु मैदानमा कीर्तिपुरले दिएको १५५ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै रनमै समेटिएको हो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् । साथै लकिता राजवंशीले २१ रन तथा अप्सरी वेगमले १० रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।


बलिङतर्फ एपीएफका लागि बिनु बुढाले २ विकेट लिँदा सोनु खड्का, रेखा रावल र नेरी थापाले समान १/१ विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । यो हालसम्म एकै इनिङमा बनेको उच्च योगफल हो । कप्तान सीताराना मगर र इन्दु बर्माले कीर्तिमानी ब्याटिङ गरे । कप्तान सीताले ७९ रनमा अविजित रहिन् भने उपकप्तान इन्दु ५१ रनमा अविजित रहिन् ।


बलिङतर्फ कोशीका लागि अलिसा खडियाले १ विकेट लिइन् ।

प्रतिकृया