• ९ असोज २०८३, शुक्रबार
  • १०ः४८ राती

रुपन्देहीकाे शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृत र वडाअध्यक्ष घुस रकमसहित अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति

२०७९ चैत्र १६ गते, बिहीबार ०२:०३

१६ चैत्र २०७९, काठमाडौँ: रुपन्देहीको शुद्धोधन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । रुपन्देही जिल्लाकाे, शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, वडा अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भर रु. ५०,०००/- घुस रकमसहित नियन्त्रणमा । प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सो गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भीम बहादुर यादवलाई घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

National Life

आयोगको टोलीले आरोपीहरुको साथबाट घुसबापत लिएको ५० हजार नगद बरामद गरेको छ । प्रशासकीय अधिकृत र वडा अध्यक्षले उत्खनन गरेर घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप र बिक्री आदेश गर्ने प्रयोजनका लागी उनिहरुले घुुस मागेका थिए । आरोपीहरु गाउँ कार्यपालिकाको कार्यालयबाट पक्राउ परेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया