• ११ असोज २०८३, आइतबार
  • १ः२० दिउँसो

धोकेबाज गीत विवादबारे शिवद्वारा चोरेर नगाएको र हललाका पछि नलाग्न आग्रह

प्रकाशित मिति

२०७९ चैत्र ७ गते, मंगलवार ०३:२९

७ चैत्र २०७९, काठमाडौँ: ‘धोकेबाज हौ तिमी’ गीतको विवादको विषयमा बोल्दै गायक शिव परियारले आफूहरूले सर्जकले दिएको जिम्मा अनुसारको गीत गाएको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

National Life

गायक परियारले मंगलबार सामाजिक सञ्जालमार्फट धोकेबाजको क्रेडिट कस‍ले लिने भन्ने विषयमा आफू र गायिक एलिना चौहानबीच विवाद सिर्जना भएको भन्ने हल्लाको पछि नलाग्न दर्शक तथा शुभचिन्तकलाई आग्रह गरेका हुन् ।


गीतमा विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको भन्दै उनले सामाजिक सञ्जालमा लेख्छन्, ‘चोरी, चाकरी वा कभर गरेर हामी कसैले पनि गीत गाएका होइनौँ। यस गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक-गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक-गायिका हुन्। यस विषयमा विवाद गर्नुपर्ने कुनै आधार र आवश्यकता मैले देखेको छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

गायक परियारले धेरै पहिले यो गीत गाएको भए पनि यतिबेला गायिका चौहानको स्वरमा रहेको गीत चौतर्फी रूपमा भाइरल भएको छ। गीत भाइरल भएपछि गायिका चौहानलाई जिल्लाहरूमा हुने महोत्सवका साथै विदेशका कार्यक्रमहरूमा समेत अफर आउन थालेको छ ।


गायक परियारले केही दिन पहिले ‘धोकेबाज मैले गाएको गीत हो’ भन्ने हेडलाइनसहितको एक अन्तर्वार्ताको भिडियो सेयर गरेका थिए। त्यसपछि सो विषयलाई विवादमा तानिएको हो ।

प्रतिकृया