आज नेप्से झिनो अंकले घट्याे
प्रकाशित मिति
२०७९ चैत्र २ गते, बिहीबार ०४:११

२ चैत्र २०७९, काठमाडौँ: आज सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार ५.३२ अंकले घटेर १९३३ को विन्दुमा कायम भएको छ । आज सेयर बजार घटेसँगै लक्षी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, नयाँ सारथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
नेप्से घटेसँगै सेयरबजारमा आज एक अर्ब १४ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया बैंक र नबिल बैंकको शेयर खरिदबिक्री भएको छ । यी दुवै बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।
एनआइसी एशियाको ४ करोड ९४ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड ८३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३० लाख र सिद्धार्थ बैंकको प्रोमोटर शेयर २ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रतिकृया