• १०:३६ २०८१ बैशाख ४ गते
  • 10:36 am

प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने पत्र संसद्मा पुग्यो

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार ०४:४५

331354666 874992883794332 5217338191602692670 n

२ चैत्र २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिने मितिसहितको पत्र संसद्मा पुगेको छ ।


संसद् सचिवालयको प्रवक्ता एकराम गिरीका अनुसार केही बेर अघि सरकारका तर्फबाट संसद्मा पत्र आइपुगेको हो ।


“यही चैत ६ गते संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने पत्र संघीय संसद् सचिवालयमा आइपुगेको जानकारी पाएको छु,” प्रवक्ता गिरीले बाह्रखरीसँग भने, “अब सचिवालयले त्यसको व्यवस्थापन मिलाउन सहयोग गर्नेछ ।”

प्रतिकृया