• ०४:४७ २०८० फाल्गुन १२ गते
  • 4:47 am

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने – म तपाईंहरूको साथमा छु

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार १०:५४

oli 1 e1679297865621

२ चैत्र २०७९, काठमाडौँ: आइसीसी विश्वकप लिग २ त्रिकोणात्कम एक दिवसीय सिरिजअन्तर्गत यूएईसँग आज भइरहेको खेलमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन् । खेल सुरु हुनुअघि सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउनेमा विश्वास व्यक्त गरे ।


‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना, राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु,’ उनले भनेका छन् ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गरेपछि नेपालले फिल्डिङ गरिरहेको छ । ललित राजवंशीले आफ्नो दोस्रो ओभरको पाँचौं बलमा ओपनर आयन लाक्रालाई ६ रन बनाउँदा आउट गरेका छन्। अहिले क्रिजमा कप्तान मोहम्मद वसिम २७ र वृत्या अरविन्द ५ रन बनाउँदै क्रिजमा नटआउट छन् ।

प्रतिकृया