• १२:०२ २०८० फाल्गुन १३ गते
  • 12:02 pm

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट पिएमओ नेपाल ह्याक

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार १०:४२

twitter

२ चैत्र २०७९, काठमाडौँ: प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल ह्याक भएको छ। पिएमओ नेपालबाट विभिन्न असान्दर्भिक विषयबस्तु रिट्विट भएका छन् । विभिन्न ३ फरक-फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले यसबारे अध्ययन थालेको छ ।


प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरमा समस्या आएपछि प्राविधिक टोलीले अनुसन्धान थालेको र छिट्टै समस्याको समाधान हुने प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रतिकृया