• ५ साउन २०८३, मंगलबार
  • ८:५६ बिहान

आजदेखि श्री एयरलाइन्स नियमित उडान गर्ने

प्रकाशित मिति

२०७९ फाल्गुन २७ गते, शनिबार १०:२२

२७ फागुन २०७९, काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान-अवतरणको प्रतिबन्ध फुकुवा गरेपछि आजबाट नियमित उडान हुने भएको छ।भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि प्राधिकरणले शुक्रबारदेखि श्री एयरका सबै उडान-अवतरणमा प्रतिबन्ध लगाएको थियो।


श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना सबै जहाज जाँच तथा अध्ययन गरी पुन: सेवा सञ्चालन गर्न अनुमति शुक्रबार नै दिएको हो । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शुक्रबार नै विज्ञप्ति जारी गर्दै आफूहरुमाथि लागेको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएका छन्। उनका अनुसार श्री एयरलाइन्सका जहाजले शनिबारदेखि नियमित उडान गर्नेछन्।

Kamana Sewa

‘नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञहरुको टोलीद्वारा यस एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीयस्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरी श्री एयरलाइन्स उडानका लागि पूर्ण सुरक्षित भएकाले पुन: सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको व्यहोरा हाम्रा सम्पूर्ण आदरणीय यात्रु तथा शुभचिन्तकहरुलाई जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ।

Classic Tech Desktop

श्री एयरले हवाई सुरक्षाका लागि सबै मापदण्ड पूरा गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

प्रतिकृया