• ११ असोज २०८३, आइतबार
  • ५ः३४ बेलुका

तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड हुने-निशुल्क फारम भरिदैं

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार ०५:११

१६ फागुन २०७९, काठमाडौँ: ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३’ हुने भएको छ । जसमा गित संगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सुर्य चन्दले बताए। नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिने तथा नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्र श्रीबृदीको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड’ गरिदैं आएको छ ।

National Life

आयोजक कमिटिका अनुसार ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३’ आगामी बैसाख-२०८० भित्र काठमाडौंमा गरिने भएको छ । साथै म्यूजिक अवार्ड आवेदनको लागि निशुल्क दर्ता फारम खुलिसकेको जानकारी गराएको छ । जसको लागि २०७८/७९ का गीत संगीतहरुलाई समाबेश गरिने भएको छ, भने नव प्रतिभाको हकमा २०७८ भित्र गीत निकालेको हुनुपर्नेछ ।


क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको उक्त अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ। सञ्चारकर्मी तथा कलाकार सूर्य चन्दको अध्यक्षतामा हुने यस अवार्ड कार्यक्रमको निर्देशक सुमन बैरागी पण्डित रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार, होली), भजन, पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्यूजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  । अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने सूर्य चन्दले बताएका छन् ।

प्रतिकृया