• ११ असोज २०८३, आइतबार
  • ६ः५९ बेलुका

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार ०५:३३

१६ फागुन २०७९, काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भेटघाट गरेका छन् । राष्ट्रपतिलाई भेट्न सभामुख घिमिरे मंगलबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । राष्ट्रपति सँगको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) बैठकबारे जानकारी गराएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

National Life

आईपीयूको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहको छ । आईपीयू बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको राजधानी मनामा सहरमा हुँदैछ ।

प्रतिकृया