• 3:12 pm

द क्लिफ नेपालमा प्रभु बैंकको एटिएम सेवा सुरू

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार ०४:४५

१६ फागुन २०७९, काठमाडौँ: साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटिएम सेवा सुरू भएको छ । सोमबार द क्लिफका निर्देशक युवराज जोशीले बीच एटिएम उद्घाटन गरेका हुन् । एटिएम उद्घाटन गर्दै निर्देशक जोशीले पर्यटकहरूको सहजताका लागि एटीएम सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले सहकार्यका लागि प्रभु बैंकलाई धन्यवाद समेत दिएका थिए ।


द क्लिफमार्फत राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा जीपलाइन, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ ।

प्रतिकृया