• १९ भदौ २०८३, शुक्रबार
  • ८ः३६ बिहान

क्लब फुटबलमा मेस्सीको ७ सय गोल पूरा

प्रकाशित मिति

२०७९ फाल्गुन १५ गते, सोमबार १०:४१

१५ फागुन २०७९, काठमाडौँ: फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेलको २५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेका थिए । त्यस्तै, खेलको २९ औं मिनेटमा लियोनल मेस्सीले गोल गरे । यो गोलसँगै मेस्सीले क्लब फुटबलमा ७०० गोल पूरा भएको छ ।


मेस्सी भन्दा अगाडी क्लब फुटबलमा क्रिस्टियानो रोनाल्डोले ७०० गोल पूरा गरेका थिए । अब मेस्सी क्लब फुटबलमा ७०० गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । त्यस्तै खेलको ५५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए । यससँगै एमबाप्पेले पीएसजीका लागि २०० गोल पूरा गरेका छन् ।

Kamana Sewa

जितसँगै पीएसजीले २५ खेलमा ६० अंक जोडेको छ । पीएसजीले लिगमा आठ अंकको अग्रता बनाएको छ । मार्से ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया