• १९ भदौ २०८३, शुक्रबार
  • १०ः१६ बिहान

परराष्ट्रमन्त्री पौड्यालको भ्रमण रोकिएको बारे एमालेले औपचारिक धारणा सार्वजनिक गर्ने

प्रकाशित मिति

२०७९ फाल्गुन १५ गते, सोमबार १०:३३

१५ फागुन २०७९, काठमाडौँ: आफ्नो तर्फबाट सरकारमा सहभागी परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेको प्रति एमालेले संस्थागत धारणा सार्वजनिक गर्ने भएको छ । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपाली प्रतिनिधिहरुको नेतृत्व गर्दै आइतबार साँझ जेनेभा जान लागेकी पौड्याललाई प्रधानमन्त्री दाहालले रोकेका थिए ।


त्यसप्रति एमालेले सोमबार सचिवालय बैठक नै राखेर औपचारिक धारणा सार्वजनिक गर्न लागेको महासचिव शंकर पोखरेलले जानकारी दिए । ट्वीटमार्फत पोखरेलले भनेका छन्, ‘मन्त्री परिषदबाट स्वीकृत परराष्ट्र मन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्दैछ ।’

Kamana Sewa

संक्रमणकालीन न्यायसँग सम्बन्धिन विषयमा पहिल्यैदेखि फरक मान्यता राख्दै आएको एमालेले जेनेभा भ्रमणलाई ‘इस्यु’ बनाउने संकेतले यो विषय आन्तरिक रुपमै थप जटिल बन्ने संभावना बढेको छ ।

Classic Tech Desktop

प्रतिकृया