• २ असोज २०८३, शुक्रबार
  • ५ः२५ बेलुका

आज सुन-चाँदीको मूल्य बढ्यो

प्रकाशित मिति

२०७९ फाल्गुन ७ गते, आईतवार ११:४८

७ फागुन, २०७९, काठमाडौँ:  नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

National Life

आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँ कारोबार भएको थियो ।आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँ बढेर आज १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।


अन्तर्राष्ट्रिय मूल्यको आधारमा महासंघले नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औन्स १ हजार ८४२ अमेरिकी डलर छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया