• २ असोज २०८३, शुक्रबार
  • १२ः३५ दिउँसो

राष्ट्रिय शैक्षिक परामर्श संघको साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७९ फाल्गुन ७ गते, आईतवार १२:१२

७ फागुन, २०७९, काठमाडौँ:  राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को चौथो वार्षिक साधारण सभा काठमाडौंको लाजिम्पाटमा सम्पन्न भएको छ । साधारण सभा मार्फत वार्षिक प्रगति प्रतिबेदन, वार्षिक आर्थिक प्रतिबेदन र आगामी कार्य योजना बहुमतले पारित गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।

National Life

कार्यसमितिको अध्यक्षमा सन्तोष प्याकुरेल, उपाध्यक्षहरु भुपेन्द्र सिटौला र रमण कोइराला, महासचिब दिपक कोइराला, सचिबहरु प्रद्युम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रबिन्द्र थापा र सदस्यहरुमा सुर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचन अधिकारी, कमला बस्नेत, ध्रुब थापा, केशब सिम्खडा र अशोक भण्डारी रहेका छन् ।


कार्यक्रमको प्रमुख अथिति नेपालको लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्क (Felicity Volk), अथितिहरुमा नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, ब्रिटिस काउन्सिलका प्रतिनिधि, आइ डि पि आइ इ एल टि यस का प्रतिनिधि लगायत विभिन्न शैक्षिक परामर्श संघका प्रतिनिधिहरु रहेका थिए। उहाँहरुले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिनु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त कार्यक्रममा अस्ट्रेलियन कलेजहरु जब ट्रेनिङ ईन् टिच्यूट, कि टु लर्निङ कलेज, किङस्टन ईन् टिच्यूट अस्ट्रेलिया, ब्लु लोटस कलेज, ए ए बि टि कलेज, एस सि सि यम कलेज, सि आइ एम कलेज, स्टिडि ग्रुप, एस ए बिटी कलेज, म्याक्यालन कलेज, भि आइ इ कलेज लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । एडभेन्टास, एजेन्टिक्स, सिच्यूवान एयर लाइन्स आदि संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।


राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) शैक्षिक परामर्श संस्थाहरुको अग्रस्थानमा रहेको छाता संगठन हो । जसले विदेशमा अध्ययन गर्न जाने विधार्थीहरुको लागि निति नियममा बसेर उचित परामर्श दिंदै समाजमा देखिएका विकृती र विसङ्गती विरुद्घमा आवाज उठाउदै आइरहेको छ । नेकाले सामाजिक दायित्व अन्तर्गत विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने, विदेशमा अध्ययनमा गएका विधार्थीहरुलाई अप्ठ्यारो परिस्थितिमा सहयोग तथा सहजिकरण गर्ने, विद्यार्थी तथा अभिभावकसँग वैदेशिक अध्ययन सम्बन्धि अन्तक्रिया गर्ने लगायत कार्य गर्दै आएको छ । आफना सदस्य संस्थाहरुलाई तालिम दिने, अन्तक्रिया गर्ने, वैदेशिक कलेज तथा त्यसका प्रतिनिधिहरुको विकृति विरुद्घ ससक्त रुपमा आवाज उठाउने कार्यलाई निरन्तरता दिं दैआएको छ । स्थापनाको छोटो समयमानै धेरै शैक्षिक परामर्श ब्यवसायीहरु नेकामा आबद्घ भैसकेका छन् ।

प्रतिकृया