• ११ असोज २०८३, आइतबार
  • २ः२६ दिउँसो

आज ट्याक्सीमाण्डुमा ७ बजेसम्म नि:शुल्क चढ्न पाइने

प्रकाशित मिति

२०७९ फाल्गुन २ गते, मंगलवार १२:२७

२ फागुन, २०७९, काठमाडौँ: ट्याक्सीमाण्डु आज (सोमबार) साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने भएको छ। यातायात व्यवसायी तथा मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निःशुल्क सेवा दिने घोषणा गरेको हो।

National Life

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री र व्यवसायी तथा मजदुरहरूको वार्तापछि आज गरिएको सार्वजनिक यातायात बन्द फिर्ता लिइएको छ। आन्दोलन फिर्ता लिए पनि ट्याक्सीमाण्डुले निःशुल्क सेवा साँझ सात बजेसम्म दिने ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले बताए।


यात्रुहरूले ट्याक्सीमाण्डु एपमार्फत निःशुल्क सेवा लिन सक्नेछन्। सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निःशुल्क सेवा फेरि सुरू गरिएको सिइओ केसीले बताए। निःशुल्क सेवा प्रयोग गर्न नेपाल राइड प्रोमो कोड प्रयोग गर्नु पर्ने पनि केसीले जानकारी दिए। ट्याक्सीमाण्डु पूर्णस्वदेशी लगानीमा सञ्चालित राइड सेयरिङ एप भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत र आज निःशुल्क सेवा दिने कम्पनीले बताएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया