• १० असोज २०८३, शनिबार
  • १ः०५ राती

टर्की भूकम्प अपडेट: छत्तीस हजारभन्दा बढीको मृत्यु

प्रकाशित मिति

२०७९ फाल्गुन २ गते, मंगलवार १२:४९

२ फागुन २०७९, एजेन्सी : टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ।

National Life

छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ। भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको एक सय ७५ घण्टापछि एक जनालाई जीवितै उद्धार गरिएको छ । टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ।


अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन्। विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ। सिरिया सोमबारदेखि राष्ट्रिय शोकको घोषणा गर्दै ती स्यम्सेवी संस्थाहरूले देशको राष्ट्रिय झण्डा आधा झुकाएका छन्।


दुवै देशका भूकम्पपीडित आंशिकरूपमा क्षतिग्रस्त भएका आफ्ना घरमा फर्कन डराइरहेका छन्। प्रतिकूल परिस्थितिका कारण आफ्ना भत्केका भवनको पुनर्निर्माणमा लाग्न पनि उनीहरूलाई कठिनाइ भएको छ।

प्रतिकृया