प्रदेश अस्पताल सुर्खेतमा मृर्गौला प्रत्यारोपण भएका विरामीको डिस्चार्ज
प्रकाशित मिति
२०७९ माघ २७ गते, शुक्रबार १२:०५
२७ माघ, २०७९, सुर्खेत : नेपाल सरकारको निति तथा कार्यक्रममा उल्लेख भए बमोजिम प्रत्यारोपण सेवा प्रदेशमा विस्तार गर्ने योजना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विशेषपहलमा शहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ टोलिले मिति २०७९ माघ २१ सुर्खेत प्रादेशिक अस्पतालमा निःशुल्क मृगौला प्रत्यारोपण सेवा संचालनगर्न सहयोग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा केन्द्र विकास समितिका अध्यक्ष डा रोशनपोख्रेल र सचिव देब कुमारी गुरागाईँले केन्द्रको नेत्रित्वमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नको लागि मन्त्रालयको पुर्ण साथ र सहयोग रहने प्रतिवद्धता अनुसारप्रदेश अस्पताल सुर्खेतमाभएको प्रत्यारोपणमाहौसला प्रदान गर्न स्वयम स्वास्थ्य सचिव देब कुमारी गुरागाई उपस्थित भै प्रत्यारोपपण समय भरीनै अस्पतालमा बस्नु भएको थियो ।
कर्णली प्रदेशकामा. मुख्यमन्त्री श्री राजकुमार शर्मा, प्रतिनिधी सभा सदस्यमा. पुर्ण बहादुर खड्का, पूर्व मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षदलका नेतामा. जीवन बहादुर शाही, मा. सामाजिक विकास मन्त्री श्री टेकराज पछाई लगायतका विशिष्ट व्यक्तीन्वहरु अस्पतालमा उपस्थितभई विरामी तथा मृगौलादान गर्ने व्यक्तीको स्वास्थ्य अवस्था बुझ्नुका साथै शल्यक्रिया गर्ने टिमको हौसला बढाउनु भएको थियो ।

हाल मृगौला प्रत्यारोपण गरिएका विरामीले स्वास्थ्य अवस्था राम्रो रहेको हुँदा डिस्चार्ज हुनलाग्नु भएको छ । हालविरामी र अंगदाता दुवैको स्वास्थ्य आवस्था राम्रो रहेको छ । मृगौला प्रत्यारोपण शहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र सुर्खेत प्रदेशीक अस्पतालवाट निर्देशक डा डम्बर खड्का तथा शल्यक्रियाको नेतृत्व डा गणेश थापाले गर्नु भएको थियो भने विरामीको प्रत्यारोपण पश्चात पनि केन्द्रका चिकित्सक, स्टाफ नर्स र प्रदेशिक अस्पतालका चिकित्सक,नर्स, प्रविधिक लगायत सम्पुर्ण कर्मचारीहरुको साथ र सहयोगमा मिति २०७९ माघ २६ गते पाँचौ दिनमा डिस्चार्ज गर्न सफल भएकोमा सम्लग्न प्रत्येक्ष अप्रत्यक्ष रुपमा सम्लग्न सम्पुर्ण कर्मचारी, सहयोगीहात, समाजसेवी, पत्रकार, विरामी तथा विरामी परिवारलाई धन्यवाद दिन चाहान्छु ।

प्रदेश अस्पतालमा नियमित रुपमा प्रत्यारोपण सेवा संचालनगर्न कर्णली प्रदेश सरकार, स्वास्थ्यतथा जनसंख्यामन्त्रालय, स्वास्थ्य सेवा विभागको तर्फवाट विशेष पहल, साथ र सहयोग गरि दिनुको साथै प्रत्यारोपणको समयमा स्वयम उपस्थित भै हौसला प्रदान गरि दिनु भएकोमा मुख्यमन्त्री श्री राजकुमार शर्मा, प्रतिनिधी सभा सदस्यमा. पुर्ण बहादुर खड्का,पूर्व मुख्यमन्त्रीएवं प्रमुख प्रतिपक्षदलका नेतामा. जीवन बहादुर शाही, मा. सामाजिक विकास मन्त्री श्री टेकराज पछाई सचिव देव कुमारी गुरागाई, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह, सामाजिक विकास मन्त्रालयका सचिव श्री सन्त बहादुर सुनार, अस्पताल विकास समितिका अध्यक्ष श्री पे्रम बहादुर घले लगायत सम्पुर्ण पदाधिकारी र स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागलाई आभार एवं विशेष धन्यवाद दिन चाहान्छौँ ।
प्रत्यारोपण कार्यमा प्रदेश सरकार तथा केन्द्रको सहयोग र साथमिल्ने पुर्ण विश्वास रहेको छ । त्यसको लागि अतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर वनाउनको लागि केन्द्रमा थपतालिममा पठाउने योजना वनाएको छौँ । केन्द्रले मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशमा सेवा शुरु गर्न प्राविधिक सहयोग गरेको छ र आवश्वकता अनुसार आगामी दिनमा पनि प्रदेश अस्पतालमा कार्यरत कर्मचारी प्रत्यारोपण कार्यमा सक्षम हुने समयमा केन्द्रको सहयोग निरन्तर रहन प्रतिवद्धता केन्द्रका कार्यकारी निर्देशकले गर्नु भएको छ ।




प्रतिकृया