• ११ भदौ २०८३, शुक्रबार
  • ११:५५ बिहान

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

प्रकाशित मिति

२०७९ माघ २७ गते, शुक्रबार ०९:१४

२७ माघ, २०७९, काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ । ओलीकाे नेतृत्वमा सत्ता साझेदार दलहरूद्वारा गठित संयन्त्रको बैठक आज बिहान ९ बजे बालुवाटारमा बस्ने तय भएकाे ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए।


यसअघि बिहीबारै दिउँसो ३ बजे बस्ने भनिएको संयन्त्र बैठक स्थगन गरेर आजका लागि सारिएको हो। बिहीबार भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच मात्र छलफल भएको थियो।

Kamana Sewa

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्न लागेको हो।

Classic Tech Desktop

प्रतिकृया