• ११ भदौ २०८३, शुक्रबार
  • ११:४५ बिहान

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत

प्रकाशित मिति

२०७९ माघ २६ गते, बिहीबार ०८:१७

२६ माघ, २०७९, काठमाडौँ: सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रदेशसभामा विश्वासको मत पाउन असफल भएका छन्। बिहीबार मुख्यमन्त्री रावलले आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। यससँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन्।


सुदूरपश्चिम प्रदेशसभामा ७ सांसदसहित निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी आजको बैठकमा सहभागी भएको थिएन। उसले आफ्ना माग पूरा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताउँदै आएको थियो।

Kamana Sewa

अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ। ५३ सदस्यीय प्रदेश सभामा १९ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो।

Classic Tech Desktop

प्रतिकृया