• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

सुनकाे मूल्य घट्यो

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार १२:२३

२० माघ २०७९, काठमाडौँ: आज सुनकाे मूल्य घटेकाे छ। साताकाे अन्तिम काराेबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ। हिजाे बिहीबार नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे थियाे।


यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको थियो।

Kamana Sewa

शुक्रबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको छ।

Classic Tech Desktop

प्रतिकृया