एशियन लाइफकाे नयाँ बोनस दर सार्वजनिक
प्रकाशित मिति
२०७९ माघ ९ गते, सोमबार ०३:३८
९ माघ, २०७९, काठमाडौँ : एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर सार्वजनिक गरेकाे छ । कम्पनीले बीमा समितिबाट माघ ५ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७८/७९ को बोनस दर सार्वजनिक गरेको हाे । कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ६१ रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेकाे छ ।
यस्तै, कम्पनीकाे बालबालिकाकाे सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीले सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस कायम गरेकाे छ ।
त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख याेजनामा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७० रूपैयाँसम्म बाेनस पाइनेछ । कम्पनीकाे नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा याेजनामा प्रति हजार न्यूनतम ४२ रूपैयाँदेखि अधिकतम ५० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।








प्रतिकृया