• ३० जेठ २०८३, शनिबार
  • ७:२६ बिहान

एभियाक्सआरजी शिखर सम्मेलन २०२३ सम्पन्न

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार ०४:४५

६ माघ, २०७९, काठमाडौँ: एभिएक्सआरजी क्रिएटिभ सर्भिसेस प्राइभेट लिमिटेड नेपालले बिहीबार बानेश्वरस्थित एभरेष्ट होटलमा ‘करियर अपरट्युनिटी इन मिडिया एण्ड इन्टरटेनमेन्ट सेक्टर’ विषयक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालय आइटी इनोभेसन सेन्टरका निर्देशक प्रा डा सुवर्ण शाक्यले गरेका हुन्।


मिडिया र मनोरन्जन क्षेत्रमा विद्यार्थीको चेतना अभिवृद्धि गर्ने र विद्यार्थीका लागि रोजगारीका अवसरहरू प्रदान गर्ने उद्देश्यकाले यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा एनसिआइटी, एडभान्स कलेज अफ इन्जिनियरिङ, हिमालयन कलेज अफ इन्जिनियरिङ, पुल्चोक कलेज, आइओई, केईसी, कालीमाटी, केइसी, धापाखेल र ट्रिनिटी कलेजका विद्यार्थी, प्राध्यापक लगायत भारत र क्यानडाका वक्ता र विशेष अतिथिहरूको सहभागिता रहेको थियो।

Kamana Sewa

कार्यक्रमलाई सम्बोधन गर्दै एभिएक्सआरजीका निर्देशक अशोक कुमारले नेपालमा कृषि र पर्यटन बाहेक एनिमेसन क्षेत्रमा रोजगारीको प्रशस्त अवसर रहेको बताए।कुमार कार्यक्रमको उद्देश्यमा केन्द्रित रहेका थिए। एभिएक्सआरजीले नेपाल भित्र र बाहिर सशुल्क इन्टर्नसिप उपलब्ध गराउने र एनिमेसनलाई न्यून शुल्कमा प्रयोगकर्तामैत्री बनाउने योजना बनाएको उनले बताए।

Classic Tech Desktop

साथै, एभिएक्सआरजीले नेपालका प्रत्येक प्रदेशमा दुई सय जनालाई रोजगारीको अवसर प्रदान गर्ने र आगामी मार्च ८ अर्थात् नारी दिवसको अवसरमा एउटा महिला एनिमेसन स्टुडियो खोल्ने योजना बनाएको पनि उनले बताए। त्यसैगरी, प्रमुख अतिथि प्रा डा सुवर्ण शाक्यले नेपालका विश्वविद्यालयहरूले विद्यार्थीलाई कसरी पढाउने भन्नेमा मात्र केन्द्रित हुनुभन्दा विद्यार्थीका लागि रोजगारी सिर्जना गर्ने उपायबारे सोच्नुपर्ने बताए।


कार्यक्रमको पहिलो शत्रमा भारतको बैंगलोरस्थित प्रिसाइज क्रिएटिभ स्टुडियो प्रालिका सिइओ एन सरथकुमार र हाइब्रिड थ्री सिक्स्टि आर्ट टेक प्रालि, चेन्नाईका निर्देशक, भी हरिहरनले ‘इमर्जिंग ट्रेन्ड्स इन भिएफएक्स’ मा प्रस्तुती दिएका थिए। दोस्रो शत्रमा टुन्ज मिडिया ग्रुप, भारतको शिक्षा सेवाका शैक्षिक र प्रशिक्षण प्रमुख विनोदले ‘लाइभ डेमो इन एनिमेसन फिल्म मेकिङ स्क्रिप्ट टू स्क्रिन प्रोसेसमा’ प्रस्तुती दिएका थिए।


तेस्रो शत्रमा कार्यक्रमका विशेष अतिथि र बिजनेस डेभलपमेन्ट टुन बुम एनिमेसन, क्यानडाका निर्देशक डेनियल सान्तोसले ‘डिजिटल टु डी एनिमेसन युजिङ टुन बुम हार्मनी’ मा प्रस्तुती दिएका थिए। त्यसैगरी, चौथो शत्रमा भारतको नयाँ दिल्लीमा रहेको मिडिया एण्ड इन्टरटेनमेन्ट स्किल्स काउन्सिलका प्रमुख कार्यकारी अधिकृत मोहित सोनीले ‘भेरिएस अपरटुनिटिज बाइ एमइएससी फर इस्टुडेन्ट्स इन नेपाल’ बारे प्रस्तुती दिएका थिए। अन्तिम भर्चुअल शत्रमा चैतन्य चिन्चिलकरले ‘करियर अपरटुनिटिज इन मिडिया एण्ड इन्टरटेनमेन्ट’ मा प्रस्तुती दिएका थिए।

प्रतिकृया