टी–ट्वान्टी लिगमा आएका विदेशी खेलाडीले श्रम स्वीकृति नलिए पछि कारवाहीको तयारीमा श्रम विभाग
प्रकाशित मिति
२०७९ पुष २२ गते, शुक्रबार ०१:५५

२२ पुस २०७९ काठमाडाैं : नेपाल टी–ट्वान्टी लिगमा आएका विदेशी खेलाडीहरुले श्रम स्वीकृति नलिँदा श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले कारवाहीको तयारी थाल्ने भएको छ । विभागका प्रवक्ता मनिनाथ गोपेले हालसम्म कुनै पनि खेलाडीले विभागबाट श्रम स्वीकृति नलिएकाले अब कानुनी प्रकृया अनुसार अगाडी बढ्ने बताए । श्रम स्वीकृतिका लागि ६ टोलीका ३२ जना विदेशी खेलाडीको माग आएता पनि हालसम्म स्वीकृत लिन अाएका छैनन् ।
विदेशी खेलाडीहरुले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा श्रम इजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउने भनिएकाे छ । श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई नेपालमा हुने खेलकुद प्रतियोगिता खेल्न आउने खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने निर्देशन दिएको छ ।
पुष आठ गते सम्बन्धित ६ क्लबहरुले श्रम स्वीकृतिका लागि आवेदन दिएका थिए । आवश्यक कागजात पूरा नभएपछि विभागले थप कागजातको माग गरेको थियो । तर, विभागमा हालसम्म कुनै पनि क्लबले थप कागजात पेस गरेका छैनन् । विभागलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोगले पनि गत १८ गते सात दिनसम्म विदेशी खेलाडीले श्रम स्वीकृत लिए नलिएको विषयमा जवाफ पठाउन निर्देशन दिएको थियो ।
विदेशी खेलाडीको सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँगै गृह मन्त्रालयको समेत सिफारि आवश्यक पर्छ । श्रम स्वीकृतिका लागि प्रत्यक खेलाडी १५ हजार रुपैया राजश्व बुझाउनु पर्ने हुन्छ । यदि श्रम स्वीकृति नलिएपछि दुई लाख रुपैया सम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्थामा रहेकाे छ ।
प्रतिकृया