• 7:39 pm

चुनावी झडपमा मृत्यु भएका बाजुराका सन्दीप र चेतन ऐडीको परिवारलाई १० लाख दिइने

प्रकाशित मिति

२०७९ पुष २२ गते, शुक्रबार ०२:४९

२२ पुस २०७९, काठमाडौँ: सरकारले गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनमा झडप हुँदा मृत्यु भएका बाजुराका सन्दीप ऐडी र चेतन ऐडीको परिवारलाई १०/१० लाख रुपाैयाँ रकम सहयाेग गर्ने भएकाे छ।


हिजाे पुस २१ गते बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप र चेतनको परिवारलाई १०/१० लाखको सहयोग गर्ने निर्णय गरेकाे अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।


गत मंसिर ४ निर्वाचनका दिन मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले ‘बुथ कब्जा’ गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा कांग्रेसका कार्यकर्ता सन्दीप ऐडीको मृत्यु भएको थियो।


४ गते साँझ त्रिवेणी- ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको थियो।

प्रतिकृया