• 12:45 am

चेल्सीमाथि सिटीको संघर्षपूर्ण जित, शीर्षस्थानको आर्सनलसँग घटाउँदै अंक दुरी

प्रकाशित मिति

२०७९ पुष २२ गते, शुक्रबार ११:४९

२२ पुस २०७९, काठमाडौँ: इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ। स्टाम्फोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीसँग ०-१ गोलअन्तरले पराजित भएको हो।


पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई जित दिलाउन रियाद महरेजले निर्णायक गोल गरे। उनले खेलको ६३ औं मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल गरेका थिए। पहिलो हाफमा चेल्सी खेलमा हाबि भए पनि दोस्रो हाफमा सब्सिच्युड खेलाडीका रुपमा ६० औं मिनेटमा मैदान प्रवेश गरेका महरेजले निर्णायक गोल गरेका हुन्।


जितसँगै १७ खेलबाट ३९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदुरी कम गरेको छ। आर्सनलले १७ खेलबाट ४४ अंक जोडेको छ। चेल्सी भने २५ अंक जोडेर तालिकाको १० औं स्थानमा छ।

प्रतिकृया