• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

समाजसेवी प्रकाश कुमार श्रेष्ठ द्वारा आर के कस्मेटिक सपको उद्घाटन

प्रकाशित मिति

२०७९ मंसिर २९ गते, बिहीबार ०४:०३

२९ मंसिर २०७९, काठमाडौँ: युवा व्यवसायी, समाजसेवी तथा रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरका संचालक प्रकाश कुमार श्रेष्ठले काठमाडौंको सुन्धारा खिचापोखरीमा संचालनमा आएको आर के कस्मेटिक सपको उद्घाटन गरेका छन् । एक भव्य कार्यक्रम बीच उनले रिबन काटेर कस्मेटिक सपको उद्घाटन गरेका हुन् । विगत लामो समय देखि पार्लरमा काम गरेर अनुभव बटुली कस्मेटिक सप संचालन सुरु गरेका साजन ठाकुरको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरमा समेत काम गरेको अनुभव छ।


उक्त अवसरमा प्रमुख अतिथि प्रकाश कुमार श्रेष्ठले साजन ठाकुर ईमान्दार मेहनती र केहि राम्रो गर्न पर्छ भन्ने उदेश्य राख्ने व्यक्ति भएकोले पार्लर र सलोन सम्बन्धि चाहिने सम्पूर्ण सामग्रीहरु बिक्रि वितरण गर्ने व्यवसाय संचालन गरेकोमा खुशी ब्यक्त गर्दै बधाई तथा शुभकामना व्यक्त गर्दै सम्पूर्ण पार्लर व्यवसायीलाई सामान खरिद गरि सहयोग गर्न समेत आव्हान गरेका छन् ।

Kamana Sewa

सम्पूर्ण ब्यूटीपार्लरलाई चाहिने सामाग्रीहरु राम्रो सस्तो र गुणस्तरिय सामानहरु उपलब्ध गराउने आर के कस्मेटिकका संचालक सागर बताउँछन् । सो उद्घाटन समारोहमा पार्लर व्यवसायी, सौन्दर्यकर्मी लागायत अन्य व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।

Classic Tech Desktop

प्रतिकृया