• २१ जेठ २०८३, बिहीबार
  • ४:१३ बिहान

‘विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक’

प्रकाशित मिति

२०७९ मंसिर २८ गते, बुधबार ०७:१३

२८ मंसिर २०७९, काठमाडौँ : सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक रहेको बताएका छन् । धनगढी उपमहानगरपालिकाले आज आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा उन विकासका लागि सबैको साझेदारी आवश्यक रहेको बताए ।


नागरिकलाई विकासमा जोड्नुपर्ने बताउँदै उनले नागरिकलाई विकासमा सहभागी गराउन सकिएन भने विभिन्न बाधा अवरोध देखापर्ने बताए । विकासमा परिणाम देखाउन नागरिक सहभागिता आवश्यक रहेकाले नागरिक सहभागिताबिना विकास निर्माणका कामले गति लिन नसकिने अनुभवले देखाएको मुख्यमन्त्री भट्टले उल्लेख गरे । उनले धनगढीको मुख्य सडक फराकिलो बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री भट्टले धनगढीको विकासका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्यको सुरुआत भएकामा खुसी व्यक्त गरे ।

Kamana Sewa

प्रदेश सरकार गठन हुँदा नै स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्न खोज्दा धेरैले स्वीकार गर्न नसकेको उनको भनाइ थियो । ‘प्रदेश सरकार गठन भएदेखि नै समन्वय र सहकार्यको सुरुआत गर्न खोजेको हो’, उनले भने, ‘एक अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा सोचेअनुसार भएन । अहिले धनगढी उपमहानगरबाट सुरुआत भएको छ । यो राम्रो पक्ष हो ।’ स्थानीय सरकारसँग साझेदारबिना विकासका कार्यक्रम सम्भव नभएको उनको भनाइ थियो ।

Classic Tech Desktop

‘बजारमा धेरै विकासका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारको सहयोगबिना सम्भव छैन’, उनले भने, ‘धनगढीको मुख्य सडक क्षेत्राधिकार खाली गर्नमा अहिलैको नेतृत्वलाई धन्यवाद दिनुपर्दछ ।’ धनगढीको मुख्य सडक निर्माणका लागि सडकको क्षेत्राधिकार खाली गराउने कार्य तीव्ररूपमा भइरहेको छ । त्यो सडक निर्माणका लागि प्रदेश सरकारले बजेटसमेत छुट्याइसकेको छ । दुई हप्तामा नै बोलपत्र हुने सुदूरपश्चिम प्रदेश सरकारले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले धनगढीको मुख्य सडक १५ दिनभित्र बोलपत्र आह्वान हुने बताएका छन् । धनगढीको मुख्य सडक क्षेत्राधिकार गराउने कार्य तीव्ररूपमा भइरहेको छ ।

प्रतिकृया