विनोद चौधरीको कम्पनीले किन्यो श्रीलंकन युनियन बैंक

प्रकाशित मिति

२०७९ मंसिर २६ गते, सोमबार ०२:४२

binod

२६ मंसिर, २०७९, काठमाडौँ: अर्वपति विनोद चौधरीको कम्पनीले श्रीलंकाको युनियन बैंकको अधिकांश शेयर किनेको छ । सिंगापुरमा रहेको सीजी क्यापिटल ग्लोबल पार्टनर प्रा.लि ले सिंगापुरकै टीपीजी एशिया भीआई एस एफसँग यस्तो सम्झौता गरेको हो ।


अहिले युनियन बैंकमा कल्चर फाइनान्सियल होल्डिङ लिमिटेड नामक कम्पनीको एकल ७०.७८ प्रतिशत शेयर स्वामित्व छ भने बाँकी शेयर सर्वसाधारणको नाममा छ । सो होल्डिङ्स भने पीटीजीको एकल स्वामित्वमा रहेको कम्पनी हो ।


अहिले पीटीजीले सो होल्डिङ्सको शेयर बेच्न लागेसँगै सबै स्वामित्व सीजीको नाममा आउनेछ । यद्यपि त्यसरी खरिदबिक्री भएको मूल्यबारे भने केही उल्लेख गरिएको छैन ।


कम्पनीले यो सम्झौता डिसेम्बर १ मै गरे पनि दोस्रो बजारलाई भने सोमबार मात्रै जानकारी दिएको छ । सो बैंकको हालको चुक्ता पुँजी १६ अर्ब ३३ करोड श्रींलंकन रुपैयाँ छ । हाल सो कम्पनीको साधारण शेयर ७.९० रुपैयाँमा स्थानीय बजारमा खरिदबिक्री भइरहेको छ ।

प्रतिकृया