राष्ट्र बैंकले १३ अर्बको ट्रेजरी बिक्री गर्दै
प्रकाशित मिति
२०७९ मंसिर २६ गते, सोमबार ०२:३४
२६ मंसिर २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले १३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
बैंकले २८ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल पाैष २६ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन ३० गते परिपक्क हुनेछ । बैंकले १८२ दिनकाे अवधिकाे लागि ४ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल जेठ ३० गते परिपक्क हुनेछ ।
त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल मंसिर २६ गते परिपक्क हुनेछ । राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज मंसिर २६ गते, साेमबार दिउँसो २ बजे बोलकबाेल भएर भाेलि मंसिर २७ गते, मंगलबार बिक्री हुनेछ ।
ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :
प्रतिकृया