• 2:56 am

महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेल सोमबार सम्पन्न

प्रकाशित मिति

२०७९ मंसिर २६ गते, सोमबार ०२:०८

२६ मंसिर २०७९, काठमाडौँ : काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेल सोमबार सम्पन्न भएको छ। महानगर दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले हरेक वर्ष जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ। यो वर्ष पनि महानगरले काठमाडौँको दशरथ रंगशालामा फुटबल आयोजना सम्पन्न गरेको हो।


काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो। प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरू थिए। प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरू थिए।जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तरार्द्धमा मात्रै मैदानमा छिरेका थिए। तर मेयर साह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो।


खेल ६-१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिना बढी हुँदा पनि सबै कर्मचारीहरूसँग प्रत्यक्ष रूपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताइन्। जनप्रतिनिधिहरू खेल हारे पनि फुटबल आयोजनाको उद्देश्य अनरूप पूरा भएको उनको भनाइ छ ।

प्रतिकृया