आज सुन-चाँदी दुबैको भाउ घट्यो

प्रकाशित मिति

२०७९ मंसिर २६ गते, सोमबार ०१:३१

gold 1 e1654839302113

२६ मंसिर २०७९, काठमाडौँ : आज नेपाली बजारमा सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । हिजो तोलामा तोलामा प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले घटेर १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै घटेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको तोलामा १० रुपैयाँले घटेर तोलामा १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया