• १२ असोज २०८३, सोमबार
  • ११ः४२ बिहान

विश्वकपबाट बाहिरिएपछि नेयमारले नखेल्ने संकेत

प्रकाशित मिति

२०७९ मंसिर २४ गते, शनिबार ०८:१५

२४ मंसिर २०७९, दोहा : कतारमा जारी फिफा बिश्वकपबाट बाहिरिएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले विश्वकप २०२२ मा आफ्नो देशका लागि अब खेल नखेल्ने संकेत गरेका छन्। क्रोएसियासँग पराजित भएपछि उनले भने, ‘अहिले भर्खरै खेलसकेको र धेरै गर्मीका कारण सबै कुरा गर्नु खराब छ। अहिले मैले केहि सोचिरहेको छैन। ब्राजिलका लागि यो खेल नै अन्त्य हो भनेर भन्नु आफैं हतार हुनेछ। तर म पनि केहि ग्यारेन्टी गर्दिन।’

National Life

‘म यसबारे सोच्न यो समय लिन चाहन्छु, म आफ्नो लागि के चाहन्छु भनेर सोच्न चाहन्छु। म ब्राजिलसँग खेल्ने ढोका बन्द गर्दिन, नत म शतप्रतिशत भन्छु म फर्कन्छु,’ उनले थपे। अतिरिक्त समयमा पहिलो हाफमा क्रोएसियाविरुद्ध नेयमारले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए पनि समय सकिन तीन मिनेट बाँकी रहँदा क्रोएसियाले पेनाल्टी सुटआउटमा बराबरी खेलेको थियो। गएराति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-२ ले हराएको थियो।


विश्वकपबाट बाहिरिएपछि ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिइसकेका छन्। ६१ वर्षीय प्रशिक्षक २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो। उनको नेतृत्वमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया