आज विश्वकपका दुई खेल : पोर्चुगल र मोरक्को, फ्रान्स र इंग्ल्यान्ड भिड्दै

प्रकाशित मिति

२०७९ मंसिर २४ गते, शनिबार ०७:४२

portugal e1648601695403

२४ मंसिर २०७९, काठमाडौं: आज विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका दुई खेल हुँदैछन्। कतारमा जारी फिफा विश्वकपमा आज क्वाटरफाइनलको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। अल थुमा स्टेडियममा यो खेल राति ८:४५ बजे सुरु हुनेछ।


क्वाटरफाइनलको खन्तिम खेलमा साविक विजेता फ्रान्सले इंग्ल्यान्डको सामना गर्दैछ। अल बायतमा स्टेडियममा हुने यो खेल शनिबार राति १२:४५ बजे सुरु हुनेछ। शुक्रबार राति भएका क्वाटरफाइनलका दुई खेलमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया र नेदरल्यान्ड्लाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

प्रतिकृया