विश्वकै धनी व्यक्तिबाट हटे एलन मस्क, बर्नार्ड अर्नाल्टले पाए सर्वाधिक धनीकाे ताज
प्रकाशित मिति
२०७९ मंसिर २२ गते, बिहीबार ०३:०१

२२ मंसिर २०७९, काठमाडौँ: एलन मस्क विश्वकै धनी व्यक्तिबाट हटेका छन् । अमेरिकी व्यापार पत्रिका फोर्ब्सले सन् २०२२ का लागि विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गरेको छ ।
साे सूची अनुसार लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएच (LVMH) का प्रमुख कार्यकारी बर्नार्ड अर्नाल्ट विश्वकाे सर्वाधिक धनी सूचीकाे नम्बर वानमा उक्लिएका छन् । अर्नाल्ट १८५.४ बिलियन डलरको कुल सम्पत्तिका साथ शीर्ष स्थानमा उक्लिएका हुन् ।
यता मस्ककाे कुल सम्पत्ति घटेर १८५.३ बिलियन डलरमा झरेकाे छ ।

प्रतिकृया