सिटिजन्स बैंकको संस्थापक शेयर लिलामीमा

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार ०२:५०

citizenb

२२ मंसिर २०७९, काठमाडौँ: सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १५३ मूल्य अंकित गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।


उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।


तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने बैंकले जनाएको छ ।

प्रतिकृया