• ११ असोज २०८३, आइतबार
  • ६ः०० बेलुका

उरुग्वे विश्वकपबाट बाहिरियो

प्रकाशित मिति

२०७९ मंसिर १७ गते, शनिबार ०६:३५

१७ मंसिर २०७९, एजेन्सी : उरुग्वे विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा घानामाथि २–० गोलको जित निकाले पनि उरुग्वे विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको हो । उरुग्वे र दक्षिण कोरियाको समान चार–चार अंक भएपनि दक्षिण कोरिया गोल अन्तरका आधारमा बाहिरिएको हो ।

National Life

अल जानोउब स्टेडियममा उरुग्वेले पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको थियो। । उरुग्वेलाई जित दिलाउन जर्जिन्हो डी आरेकेटाले दुई गोल गरे । उनले खेलको २६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२ औं मिनेटमा आरेकेटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई जित दिलाए । जित भए पनि उरुग्वेले एक गोल गर्न नसक्दा बाहिरिन पुगेको हो ।

प्रतिकृया