• १० असोज २०८३, शनिबार
  • १०ः२५ राती

पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा

प्रकाशित मिति

२०७९ मंसिर १७ गते, शनिबार ०६:३१

१७ मंसिर २०७९, काठमाडौं : पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गर्दै दक्षिण कोरिया कतार फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। कतारको एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि पुनरागमन जित निकालेको हो। सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो।

National Life

खेलको पाँचौं मिनेटमा पोर्चुगलका लागि रिकार्डो होर्टाले गोल गरेका थिए। खेलको २७ औं मिनेटमा किम योङ जीओनले खेललाई बराबरीमा फर्काए। खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २–१ को जित दिलाएका हुन्। जितसँगै कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।


कोरियासँग पराजित पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। पोर्चुगलले ३ खेलमा ६ अंक जोडेको छ भने कोरियाले ३ खेलमा ४ अंक जोडेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया